FAQs Complain Problems

दोधारा चादँनी नगरपालिकाको परिचय

दोधारा चादँनी नगरपालिका नेपालको सुदुरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्ला मा पर्दछ । यो नगरपालिका नेपालको महाकाली नदी भन्दा पारी रहेका २ मात्र साविकका चाँदनी र दोधारा गा.वि.स. समावेश गरि स्थापना भएको हो । मिती २०७१ मंसिर १६ गते नेपाल सरकारको निर्णय अनुसार यस नगरपालिकाको नाम दोधारा चाँदनी नगरपालिका नामाकरण गरि १० वडा कायम गरिएको थियो । मिती २०७३ फाल्गुन २२ को निर्णय अनुसार नगरपालिकाको नाम परिवर्तन गरि माहाकाली नगरपालिका नामाकरण गरि १० वडा कायम गरिएको थियो ।नेपाल सरकार मिति २०७७।०९।१३ को राजपत्रमा प्रकाशित सुचना अनुसार माहाकाली नगरपालिकाको नाम परिवर्तन भई दोधारा चाँदनी नगरपालिका कायम भएको छ । यो नगरपालिका भौगोलिक हिसाबले ८० डिग्री ४ मिनेट देखि ८० डिग्री ०६ मिनेट ३० सेकेन्ड पूर्वी देशान्तरसम्म र २८ डिग्री ४९ मिनेट देखि २८ डिग्री ५९ मिनेट उत्तरी अक्षांशसम्म फैलिएको छ । त्यसैगरी ५६.८४ वर्ग.कि.मी. क्षेत्रफलमा रहेको यस नगरपालिकाको उत्तर, पश्चिम र दक्षिणमा भारत रहेको छ भने पूर्वमा भीमदत्त नगरपालिका र शुक्लाफाँट बन्यजन्तु आरक्ष रहेका छन् । दोधारा चादँनी नगरपालिकाको औषत अधिकतम तापक्रम ३७.५ डिग्री सेल्सियस र न्युनतम तापक्रम ६.९ डिग्री सेल्सियस रहेको पाईन्छ । यस नगरपालिकामा सामुदायिक र संस्थागत गरी ११ वटा माध्यामिक विद्यालय र ३२ वटा आधाभूत विद्यालय गरी जम्मा ४३ वटा शिक्षण संस्थाहरु संचालित छन् । यस नगरपालिकामा विभिन्न जातजाति तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ । राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार सबैभन्दा बढी क्षेत्री जाति १३,६६८ जना (३४.८२ प्रतिशत), दोस्रोमा कामी ८,९७५ २२.८६ प्रतिशत) र तेस्रोमा ब्राम्हण पहाडी ३,९६२ (१०.०९ प्रतिशत) हरुको बसोबास रहेको छ । यस नगरपालिकामा १० वडाहरु रहेका छन् । औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अन्य श्रोतहरुमा व्यापार, नोकरी र वैदेशिक रोजगारी पनि एक हो । अधिकांश घरमा विद्युतीकरण भएको भएतापनि केही सिमान्तकृत वर्गमा रहेका नागरिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेका छैनन् । योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस नगरपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन । विभिन्न समुदाय, जातजातिका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । दशैँ, तिहार, माघि, होलि, गौरा, कृष्णजन्माष्टमी, आईतबारी, छठपर्व, बुद्धजयन्ती, क्रिष्मस आदि यहाँका प्रमुख चाडपर्वको रुपमा रहेको पाईन्छ नेपाल सरकारको मिति २०७१/०९/२८ गतेको निर्णय अनुसार साविकका चाँदनी र दोधारा गा.वि.स. समावेश गरि १० वडा सहितको दोधारा चाँदनी नगरपलिका घोषणा भएको थियो । जसको संरचना देहाय बमोजिम रहेको छ । नेपालको संविधानको धारा २९५ को उपधारा (३) बमोजिम गठित गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगले मिति २०७३/०९/२२ मा पेश गरेको प्रतिवेदन र नेपाल सरकारको मिति २०७३/१०/२२ को निर्णय अनुसार माननिय संघिय मामिला तथा स्थानिय विकास मन्त्रीको संयोजकत्वमा गठित समितिले मिति २०७३/१/२० मा पेश गरेको प्रतिवेदनको आधारमा नेपाल सरकारले मिति २०७३/११/२२ मा साविकको दोधारा चाँदनी नगरपालिकाको नाम परिवर्तन गरि माहाकाली नगरपालिका घोषणा गरेको थियो।नेपाल सरकार मिति २०७७।०९।१३ को राजपत्रमा प्रकाशित सुचना अनुसार माहाकाली नगरपालिकाको नाम परिवर्तन भई दोधारा चाँदनी नगरपालिका कायम भएको छ । जसमा साविका १० वडाहरु नै कायम गरिएको छ । कञ्चनपुर जिल्लामा अवस्थित ५६।८४ वर्ग।कि।मी। क्षेत्रफल रहेको दोधारा चादँनी नगरपालिकाको उत्तर, पश्चिम र दक्षिणमा भारत रहेको छ भने पूर्वमा भीमदत्त नगरपालिका र शुक्लाफाँट वन्यजन्तु आरक्ष रहेका छन् । यो नगरपालिका समुन्द्री सतहबाट १७५ मि। देखि २२५ मि। को उचाईमा रहेको छ भने काठमाडौँ देखि ७२२ कि।मि। को दूरीमा छ । दोधारा चादँनी नगरपालिकामा कूल १० वडा रहेका छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.